देश

रेनो ‘ट्राइबर’ को बुकिङ खुला

काठमाडौं, भदौ १३–युरोपियन ब्राण्ड रेनोले नेपालमा नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभी(रेनो ट्राइबरको बुकिङ खुला गरेको छ । रेनो ट्राइबरको बुकिङ २७ अगष्टबाट खुला भएको हो ।

ग्राहकहरुले केही रकम तिरेर नाडा अटो शो वा रेनोको ११ वटा अधिकृत डिलरबाट बुकिङ गर्न सक्नेछन् । रेनो ट्राइबरको आकर्षर्ण भनेको स्टाइलिस लुक हो । यसमा पुश स्टार्ट(स्टप बटन, साचोरहित प्रवेश गर्न मिल्ने ढोका, अल्ट्रा मोडुलर एसयूभी लगायतका नयाँ आधुनिक विशेषता रहेका छन् ।

रेनो ट्राइबरमा रियर एसी जडान भएको छ । १८२ एमएम ग्राउण्ड किलियरेन्स रहेको ट्राइबर सबै रोडका लागि उपयुक्त रहेको बताइएको छ । नाडा अटो शोमा रेनोका क्याप्चर, डस्टर, क्विड र ट्राइबर प्रदर्शनीमा राखिएको छ ।