देश

‘मिस टिन नेपाल २०१९’ को अन्तिम प्रतियोगिता आज हुँदै

काठमाडौँ, भदौ १३–‘मिस टिन नेपाल २०१९’ को अन्तिम प्रतियोगिता आज हुँदै छ । काठमाडौँ जेसिसको आयोजनामा नेपाल एकेडेमी हल कमलादीमा हुने प्रतियोगितमा यसअघि भएको अडिसनमार्फत छानिएका २१ जना सहभागीहरुबीच प्रतिस्पर्धा हुने छ । १६ देखि १९ वर्ष उमेर समूहका किशोरीहरुले यस प्रतियोगितामा भाग लिएका छन् ।

सन् २००२ देखि प्रत्येक वर्ष यस आयोजना हुँदै आएको ‘मिस टिन नेपाल’ प्रतियोगितालाई मिस नेपालपछिको चर्चित सुन्दरी प्रतियोगिताको रुपम लिइन्छ । यो प्रतियोगिता अन्तर्रा्ष्ट्रिय स्तरको मापदण्डअनुसार सञ्चालन हुने आयोजकको दाबी छ ।

दुई चरण पार गरि छानिएर आएका प्रतिस्पर्धीहरुलाई १८ दिनसम्म विभिन्न विधामा तालीम दिइएको र तालीम पश्चात आज हुने अन्तिम प्रतियोगितामा उनीहरुको प्रस्तुती र प्रतिभाका आधारमा ‘मिस टिन नेपाल २०१९’ को घोषणा हुने काठमाडौँ जेसीसका अध्यक्ष भुवनकुमार श्रेष्ठले जानकारी दिए ।

Featured