देश

१५ सय कर तिर्न १५ हजार खर्च

मुगु, भदौ १३–हिमाली जिल्ला मुगुका व्यवसायीलाई कर तिर्न छिमेकी जिल्ला जानुपर्ने बाध्यता छ । नगरपालिकामा रहेका व्यवसायीका लागि वार्षिक २ हजार ५ सय र गाउँपालिकामा रहेका व्यवसायीलाई १ हजार ५ सय रुपैयाँ कर तिर्न १५ हजारभन्दा बढी खर्च लाग्ने गरेको छ ।

आफूलाई पायक पर्ने स्थानमा करदाता कार्यालय स्थापना नुहँदा कर लागत भन्दा बढी खर्च हुने गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । जिल्लामा रहेको रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय वा जिल्ला उद्योग वाणिज्य संघमार्फत कर तिर्ने र प्यान नम्बर उपलब्ध गराउने व्यवस्था भए सहज हुने व्यवसायीहरुको भनाई छ । यो समाचार आजको कारोबार दैनिकले लेखेको छ ।