खेलकुद विदेश

लिभरपुलका भान डाइक रोनाल्डो र मेस्सीलाई पछि पार्दै वर्ष खेलाडी

एजेन्सी, भदौ १३–नेदरल्यान्ड तथा लिभरपुलका डिफेन्टर भान डिजिक (भाइन डाइक) युईएफए वर्ष खेलाडी बनेका छन् । दुई सुपरस्टार खेलाडी लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई उछिन्दै भान डाइक वर्ष खेलाडीको अवाडी जित्न सफल भएका हुन् ।

लिभरपुललाई गत वर्षको च्याम्पियन्स लिगको उपाधी जिताउनका लागि महत्वपूर्ण भूमिका खेलेका भान डाइकले पहिलो पटक यो उपाधि जितेका हुन् । यो उपाधि जित्ने उनी पहिलो डिफेन्डर पनि हुन् ।

यस्तै वर्ष महिला खेलाडीको अवार्ड इंग्ल्याण्डकी लुसी ब्रोन्जले जितेकी छन् । लियोनबाट व्यवसायिक फुटबल खेल्दै आएकी उनले सोही क्लबका एडा हेगबर्ग र एमन्डिन हेनरीलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।

उनी यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी हुन् । युरोपका शीर्ष महिला टिमका प्रशिक्षक तथा खेल पत्रकारको मतका आधारमा अवार्ड प्रदान गरिन्छ । यो अवार्ड सन् २०१०–११ मा सुरु भए यता रोनाल्डो र मेस्सीले समग्रमा पाँच पटक जितेका छन् ।

सन् २०१२ मा आन्द्रेस इनिएस्टा, २०१३ मा फ्र्यांक रिबेरी र २०१८ मा लुका मोड्रिकले अवार्ड जितेका थिए । त्यसबाहेकका वर्षमा रोनाल्डो या मेस्सीले जितेका थिए । लगातार दुई वर्ष रोनाल्डो या मेस्सीले अवार्ड नजितेको यो पहिलो पटक हो ।

Featured