देश

गाई पाल्दा दुध नबिकेपछी ५० लाख स्वाहा

झापा, भदौ १२–पशुपालन व्यवसायबाट धेरैले अर्थोपार्जन गर्दै आएका छन्। कतिपयले विदेशबाट फर्किएपछि रोजगारीको अन्य विकल्प नभएपछि मात्र पशुपालन व्यवसायलाई अङ्गाल्ने गरेका छन्। व्यावसायिक पशुपालन गर्नेमध्ये अधिकांश कृषक सफल भएका छन् भने कतिपय किर्षकले लगानी समेत उठाउन नसकेर घाटा व्यहोरेका छन्।

झापाको कन्काई नगरपालिका स्थित सुरुङ्गाका लीला चिमरिया, हरि कार्की लगायत ५ जना युवाले पशुपालन व्यवसाय सञ्चालन गर्दा ठूलो आर्थिक घाटा व्यहोर्नु परेको छ। गाईपालन व्यवसाय सञ्चालन गर्दा मनग्य आम्दानी हुन्छ भन्ने सुनेकै भरमा यो व्यवसायमा लगानी गरेका थिए।

उनिहरुले घाटा मात्र व्यहोर्नु परेन नजानेको काममा हात हाल्दा असफल भइर्रदो रहेछ भन्ने पाठ समेत सिकेको उनिहरू भन्छन्।‘सूर्योदय कृषि फार्म दर्ता गरेर पाँच वर्षअघि कनकाइ नगरपालिका– २ स्थित सुरुङ्गामा हामी पाँच युवाले रु १०÷१० लाख लगानी गरी गाई पाल्न शुरु गरेका थियौँ हरि कार्की भन्नहुन्छ, ‘ठूलो योजनाका साथ झण्डै रु एक करोड लगानी गर्दै चरणबद्धरुपमा यो फार्मलाई देशकै उत्कृष्ट बनाउने योजना थियो तर सफल भइएन।

गाईपालन व्यवसाय सञ्चालन गरेकै कारण आफूले मात्रै रु २५ लाख घाटा व्यहार्नु परेको अर्का युवा चिमरियाको भनाइ छ । उनी भन्छन्, ‘म आफैँ फार्मको प्रबन्ध निर्देशक थिँए, १२२ वटासम्म गाई पालेकै हो तर डेरी उद्योगले ‘मिल्क होलिडे’ भन्दै दूध नलिएपछि बाध्य भएर फार्म बन्द गर्नुप¥यो।

गाईपालन व्यवसाय सञ्चालन गर्न कुमारमणि पोखरेल, चिमरिया, इसु मित्तल, हरि खड्का, खगेन्द्र सापकोटाले शुरुमा लगानी गरेका थिए। ‘गाई फार्मबाट भनेजस्तो आम्दानी गर्न नसकेपछि सापकोटा, मित्तल र पोखरेलले फार्म छोडेका थिए।, चिमरिया भन्छन् भन्छन् झिकेपछि अरु सात जनालाई शेयर सदस्य बनाएर फार्म सञ्चालन गरियो तर त्यो पनि सफल भएन।

७÷७ लाख रुपैया शेयर लगानी गर्दै गाई फार्ममा आबद्ध भएसँगै उनीहरुलाई फरक फरक जिम्मेवारी दिइएको थियो । नेपाल बहुद्देश्यीय सहकारी संस्थाको पूर्ण स्वामित्वमा रहेको एनएमसी डेरी उद्योगले शुरुमा दूध लाने गरे पनि पछि दूध नलिएकाले दैनिक ८०० लिटर दूध फ्याँक्नुपरेको फार्म सञ्चालक कार्की बताउँछन्। कहिले मिल्क होलिडे त कहिले के बहाना बनाउँदै डेरीले दूध लिन छाडेपछि हामी गाई पालक कृषक मारमा प¥यौँ भनदै उनले थपे सबै शेयर सदस्य निस्किएर गए।

मेरो जमीनमा गोठ बनाइएकाले बाध्यताले मैले यसको जिम्मेवारी लिनुप¥यो।ू यसले मलाई नसोचेको घाटा भएको छ। एक सय २२ माउ दुधालु गाई भएको फार्ममा अहिले तीन वटा गाई छन्। ठूलो योजनाका साथ फार्म सञ्चालन गरे पनि दूधले मूल्य नपाएकै कारण अहिले बनाएको गाई गोठ भत्काइँदै छ कार्की भन्छन् तालमेल मिलेन भने पशुपालक कृषक सँधै मारमा पर्छन्।

गाई फार्म सञ्चालक आफैँले सुरुङ्गामा डेरी राखेका थिए तर आफ्नै गाई फार्मको दूध नबिकेपछि पनिर बनाएको चिमरिया बताउछन् पनिर पनि भनेको मूल्यमा नबिक्ने अनि गाईलाई खुवाउने दानाको मूल्य दिनप्रतिदिन बढेका कारण गाई पाल्न समस्या भएर आफूहरुले फार्म बन्द गरेको उनको भनाइ छ। रासस

Featured