विदेश

अमेजन जंगलको आगो अझै नियन्त्रणमा आएन

एजेन्सी, भदौ १२–पृथ्वीको अक्सिजको मुख्य स्रोत मानिने अमेजन जंगलमा भीषण आगलागी भएको छ । एक साता भन्दा लामो समयदेखि अमेजनमा भीषण आगलागी भईरहेको छ । पृथ्वीको कुल अक्सिजनको २० प्रतिशत अक्सिजन अमेजन जंगलबाट आउँछ ।

भयानक आगलागीका कारण अमेजन क्षेत्रमा धुवाँ फैलिएको छ । आगलागीको धुवाँ दुई हजार माईल उचाईसम्म पुगेको वैज्ञानिकहरुले बताएकाछन् । अमेजनको आगलागीबाट ब्राजिलका आधा दर्जन राज्य प्रभावित भएका छन् ।

आगोले जलेर लाखौँ जनावर मरेका छन् । अमेजनमा १० लाख प्रजातिका रुख र २० लाख प्रजातिका वन्यजन्तु पाइन्छन् । संसारकै ठूलो जंगल अमेजनमा आगलागी हुँदा वायुमण्डलमा कार्बनडाईअक्साईडको मात्रा पनि थपिएको छ ।

अमेजन जंगलको आगो निभाउन ब्राजिल सरकारले सेना पनि पठाएको छ । हवाई दमकल पनि प्रयोग गरिरहेको छ । तर,आगो अझै नियन्त्रणमा आएको छैन । अमेजन आगलागीको विषयमा फ्रान्स र ब्राजिलबिच तिक्तता समेत बढेको छ । फ्रान्सले ब्राजिलले आगो नियन्त्रणमा उल्लेख्य प्रयास नगरे ब्राजिलसँगको व्यापार सम्झौता रद्ध गर्ने चेतावनी दिएको छ ।

आगलागी नियन्त्रणमा ब्राजिल गंभिर नभएको भन्दै विश्वभर ब्राजिली दुतावास बाहिर प्रर्दैशर्न समेत भईरहेको छ । ब्राजिल बाहेक अमेजन जंगल भेनेजुयला, बोलिभिया, कोलम्बिया, पेरु, इक्वेडर, गुयना, सुरिनाम, र फ्रेन्च गुयानासम्म फैलिएको छ । ७० लाख वर्ग किलोमिटरमा फैलिएको अमेजन वन क्षेत्रमा करिब २ सय अर्ब रुख छन् ।

Featured