काठमाडौं, भदौ १२–सन् २०२० को पहिलो दिनदेखि सगरमाथा क्षेत्रमा पातला प्लास्टिक र पेयपदार्थ राखिने प्लास्टिकका बोतल निषेध गर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्णयप्रति धेरैको चासो बढिरहेको पाइन्छ।
सगरमाथा क्षेत्रमा त्यसरी प्लास्टिक निषेध गर्ने खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्णयबारे राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय सञ्चारमाध्यममा चर्चा हुने क्रम जारी छ। यसै वर्षको वसन्त ऋतुमा आयोजित सफाइ अभियानका क्रममा सगरमाथा हिमाल क्षेत्रबाट ११ हजार केजीभन्दा बढी फोहोरमैला सङ्कलन गरिएको थियो।
विश्वकै एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको सगरमाथा क्षेत्रमा प्लास्टिकसहित अन्य फोहरमैला बढ्ने क्रम नरोकिएकोप्रति चिन्ता व्यक्त भइरहेको बेला खुम्बु पासाङल्हामु गाउँपालिकाको गाउँसभाले गत साउन २७ त्यस्तो निर्णय गरेको हो।
त्यसअनुसार आगामी ज्यानुअरी १ (पुस १६ गते) देखि गते ३० माइक्रन्स (०.०३ मिलिमिटर) भन्दा कम मोटाइ भएका प्लास्टिकका झोला र पेयपदार्थ राखिने प्लास्टिकका बोतल खुम्बु क्षेत्रमा निषेधित हुनेछन्। गत वर्ष झन्डै एक लाख ५० हजार पर्यटकहरूले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए। गाउँपालिकाका अनुसार तीमध्ये ७५ हजार अन्तर्रा्िष्ट्रय पर्यटक थिए भने ७५ हजार नेपालका आन्तरिक पर्यटक थिए।
प्रतिक्रिया दिनुहोस