देश

ठमेलमा नेपाल र इन्डोनेसियाका कलाकारको कला प्रदर्शनी

काठमाडौं, भदौ १२–मिथिला कला दीर्घा ठमेलमा नेपाली र इन्डोनेसियन कलाकारको सामूहिक कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले मंगलबार गरेका छन् ।

प्रदर्शनीमा तीन इन्डोनेसियाली र २५ नेपाली कलाकारका चित्र राखिएका छन् । विविध शैली, माध्यम, विषय र भूगोलमा रहेर बनाइएका ५० भन्दा बढी चित्रले नौलो कलाआनन्द, ज्ञान र दर्शन बाँडिरहेको अवलोकनकर्ताले बताएका छन् । प्रदर्शनीमा नेपालका तर्फबाट श्यामसुन्दर यादव, तीर्थ निरौला, सुष्मा राजभण्डारी, रोशन प्रधान, विपना महर्जनलगायतका कलाकारको सहभागिता छ । प्रदर्शनी ७ दिन चल्नेछ ।