देश

अन्तराष्ट्रिय सम्बन्धका लागि पनि विदेशी लगानी : अर्थमन्त्री

काठमाडौं, भदौ १२–अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्रा्ष्ट्रिय सम्बन्धका लागि पनि विदेशी लगानी आवश्यक पर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले भने, ‘सरकारले निजी क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ र मुद्रा बैंकिङ क्षेत्रमा विदेशी लगानी पनि जरुरी छ ।’

मुद्रा बैंकिङ क्षेत्रमा विदेशी पुँजीका कारण नै प्रविधि र दक्ष जनशक्ति भित्रिएको उनले बताए । यो क्षेत्रमा विदेशी लगानी जरुरी छ र ती सबै संस्था नेपालको कानुनअनुसार सञ्चालन हुने भएकाले यसलाई अन्यथा मान्न नहुने उनको भनाइ छ ।

Featured