खेलकुद देश

विश्वकप छनोटको लागि नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं, भदौ १२-सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार अन्तिम २३ सदस्सीय खेलाडी टोलीको घोषणा गरेको हो।

प्रशिक्षक योहान कालिनले यसअघिका नियमित कप्तान विराज मर्हजनलाई टोलीमा समावेश गरका छैनन्। विराज हाल मलेसियाको शीर्ष डिभिजन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि टोलीमा थिएनन्। विश्वकप अन्तर्गत एसियाली छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ।

समूहमा नेपालसँगै एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेई रहेका छन्। नेपालले कुवेतसँग यही भदौ १९ गते खेल्दै छनोटको सुरुवात गर्नेछ।

नेपाली टोलीमा गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ रहेका छन् भने, रक्षकमा : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल रहेका छन् |त्यस्तै मिडफिल्डरमा : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने स्ट्राईकरमा : विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ रहेका छन्।

Featured