NRNA खबर देश विदेश

एनआरएनए रसियाको अध्यक्षमा पुनः भुर्त्याल

मस्को, ११ साउन । गैर अवासीय नेपाली संघ (एनआरएनए) रसियाको सर्वसम्मत नेतृत्व चयन भएको छ । आइतबार रुसकालागी नेपालका कार्यबाहक राजदुत सुशिल घिमिरेको प्रमुख आतिथ्यता र गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष डा. बद्री केसीको बिशेष आतिथ्यतामा सम्पन्न १० औँ महाधिवेशनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) रुसको कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

नवनिर्वाचित पदाधिकारीहरुलाई केन्द्रिय उपाध्यक्ष डा. बद्री केसीले सपत ग्रहण गराएका थिए । महाधिवेशनले सिंगो कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सवैको सहमतिमा चयन गरेको गैरआवासीय नेपाली संघ, रुस राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।

अधिवेशनले दुई वर्षे कार्यकालका लागि कार्यसमितिको अध्यक्षमा पुनः शिवमणि भुर्त्याललाई सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा केशव तिमिल्सिना, गणेश रामदान र गोविन्द्र आचार्य चुनिएका छन् ।

त्यस्तै महासचिवमा इन्द्र भुसाल, सचिवमा सन्देश सिम्खडा, कोषाध्यक्षमा किरण राणाभाट र सहकोषाध्यक्षमा हिमाल खनाल निर्विरोध निर्वाचित भएका छन् । नयाँ समितिमा सिताराम कटेल ‘मिलन’ ले युवा संयोजक र सरस्वती खनालले महिला संयोजकको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा अमित कर्ण, संज्ञान कार्की, पार्शुक पोखरेल र यम बहादुर थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । आइसीसी सदस्यमा रामेश्वर गौतम निर्वाचित भएका छन् । गैर आवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदमा करिब ९ सय सदस्य छन् ।

Featured