देश

सागको तयारीमा नेपाली क्रिकेट टिम

काठमाडौं, भदौ १२–नेपाली क्रिकेट टोली दक्षिण एसियाली खेलकुद (साग)को तयारीमा जुट्ने भएको छ। सिनियर टोली खेल्ने कि यू–२३ टोली खेल्ने टुङगो नलागेपनि ३५ खेलाडीलाई बन्द प्रशिक्षण दिइदै छ।

दक्षिण एसियाली ओलम्पिक कमिटीले उमेर हदका विषयमा निर्णय नगर्दा अन्यौलता भने कायम नै छ। टेष्ट नेशनको यू–२३ र अरु देशका लागि उमेर हद नतोक्न नेपाल ओलम्पिक कमिटीले प्रस्ताव गरेपनि ठोस निष्कर्ष नआएको अधिकारीले बताएका छन्।राष्ट्रिय खेलकुद परिषद्ले भने सिनियर टिम नै खेल्ने जनाएको छ।

कप्तान पारस खड्कासँगै ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, जितेन्द्र मुखिया र विनोद भण्डारी आदिको साथै आरिफ शेख, अनिलकुमार साह, अभिनाश बोहोरा, सुनिल धमला, राजु रिजाल, शौरभ खनाल, ललितनारायण भण्डारी, पवन शरार्फ, विक्रम शोव र सन्दीप जोरा पनि शुरूवाती टोलीमा छन् ।

यसैगरी कुशल मल्ल, रित गौतम, अमित श्रेष्ठ, किशोर महतो, सुशान भारी, नन्दन यादव, भीम सार्की, कुशल भुर्तेल, सागर ढकाल, इशान पाण्डे, आसिफ शेख र शोएल आलमको पनि प्रशिक्षणमा उपस्थिति रहने छ। प्रशिक्षण आइतबारदेखि हुदैछ।

Featured