मनोरंजन विदेश

विश्वमै सर्वा्धिक कमाउने गायिका टेलर स्विफ्ट

एजेन्सी, भदौ १२–फोर्ब्सले सबैभन्दा धेरै कमाइ गर्ने गायिकको सूची जारी गरेको छ । त्यसमा विश्वकै सर्वा्धिक कमाइ टेलर स्विफ्टले गरेकी छन् । उत्कृष्ट गायिका बियोन्से दोस्रो र रिहाना तेस्रो स्थानमा दरिएका छन् ।

फोर्ब्सले बिहीबार वासिङटनमा जारी गरेको संगीतबाट धेरै आम्दानी गर्ने गायनकर्मीको सूचीमा अमेरिकी पप गायिका टेलर स्विफ्ट १ नम्बरमा छिन् । फोर्ब्सका अनुसार ‘सर्वा्धिक कमाउने सेलिब्रिटी’ टेलरको वार्षिक आम्दानी १८ करोड ५ लाख डलर छ । उनको एक दिनको आम्दानी ५ लाख ६ हजार डलर रहेको उल्लेख छ । फोर्ब्सको यस सूचीमा गायिका बियोन्से दोस्रो र रिहाना तेस्रो स्थानमा छन् ।

फोर्ब्सले गत महिना सर्वा्धिक आम्दानी गर्ने ग्लोबल सेलेब्सहरूको सूची जारी गरेको थियो । यसमा टेलर स्विफ्ट पहिलो स्थानमा थिइन् । यस सूचीमा दुई महिलाले मात्र स्थान पाएका छन् । त्यसमा टेलर स्विफ्टपछि दोस्रो नम्बरमा अमेरिकी रियलिटी स्टार र मोडल काइली जेनर थिइन् ।

Featured