विदेश

कुकुर बलात्कार आरोपमा युवक हिरासतमा

एजेन्सी, भदौ १२– भारतको महाराष्ट्रमा एक जना २० वर्षीया युवक यतिबेला प्रहरी हिरासतमा परेका छन् । सामान्यतया साधारण व्यक्तिहरु हिरासतमा पर्दा चर्चाको विषय बन्दैन । तर ती युवकको मुद्दाका कारण उनको व्यापक चर्चा भइरहेको छ ।

ती युवक कुकुरलाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका हुन् । फुड आउटलेटमा काम गर्ने मुनमुन कुमार नाम गरेका ती युवकलाई प्रहरीले २२ अगस्टमा पक्राउ गरी अदालतमा पेश गरेको थियो । अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

घटना कसरी बाहिर आयो ?
१५ अगस्टको दिन स्थानीय एक विद्यालयका विद्यार्थी खारघर सेक्टर–४ मा रहेको एउटा गल्लीको बाटो जाँदै थिए । त्यसबेला उनले एक युवकले कुकुरसँग अनैतिक कार्य गरिरहेको देखेपछि भिडियो बनाएर सामाजिक सञ्जालमा हालिदिए ।

यसरी भिडियो सामाजिक सञ्जालमा राखेको भिडियो त्यसको भोलिपल्ट पशु अधिकारका लागि काम गर्ने विजय रंगारेले हेरे । भिडियो हेरेर आश्चर्यमा परेका उनले प्रहरीलाई खबर गरेका थिए ।

तर त्यस समयमा प्रहरीले भिडियोको आधारमा निवेदन लिन अस्वीकार गरेको थियो । त्यसपछि ‘पिपुल फर इथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पीईटीए) का केही सदस्यले मुम्बईका वरिष्ठ प्रहरी अधिकारीलाई जानकारी गराएपछि प्रहरीले उजुरी लिएको थियो ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार मुनमुनले काम गर्ने फुड आउटलेटको बाहिर धेरै घुमन्ते पशुहरु बस्ने गर्दथे । मुनमुन यी पशुहरुसँग समेत घुलमिल भइसकेका थिए र मौका पाउँनासाथ उनी तिनीहरुसँग यस्ता हर्कत गर्दथे । ति युवक विरुद्ध पशु संरक्षण अधिनियम अनुसार मुद्दा दर्ता गरिएको छ ।

Featured