देश

लायन्य क्लब अफ विराटननगर एलिटद्धारा विद्यार्थीलाई क्यान्सर रोगको ‘अवारनेस’

विराटनगर, भदौ १२–विराटनगर स्थित गोह्राह उच्च माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै क्यान्सर रोगका विषयमा जनचेतनामुलक कार्यक्रम गरिएको छ । विराटनगर वरगाछी स्थित सो विद्यालयमा ल्यायन्स क्लब अफ विराटनगर एलिटले सो विद्यालयमा अध्ययनरत विद्यार्थी र उनिहरुका अभिभावकलाई लक्षित गर्दै जनचेतनामुलक कार्यक्रम गरेको छ ।

सो अवसरमा वरिष्ठ चिकित्सक डा. सुलभ सापकोटाले मुलुकका धेरै जनता क्यान्सर रोग र त्यसबाट बच्न सकिने उपायका विषयमा जानकार नहुँदा त्यसैले मृत्युको मुखमा पुगिरहनुपरेको बताए । उनले रोगले जुनसुकै समुदाय र जस्तोसुकै व्यक्तिलाई पनि नछाड्ने भएकाले क्यान्सर रोगबारे सवैलाई जानकारि हुनुपर्ने बताए ।

उनले विद्यार्थीहरुलाई समाजमा क्यान्सर रोगको असर, त्यसबाट बच्न अपनाउनुपर्ने सावधानि, उपचार पद्धति र उपचारका विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा लायन्य क्लअ अफ इन्टरनेशनल ३२५ ए वानका पूर्व डिस्ट्रिक्ट गभर्नर लिला ढुंगेलले निस्वार्थ भावनाले सामाजिक कार्यगर्ने लायन्स क्लब विश्वमै सवैभन्दा ठुलो संस्था भएको बताउँदै नेपालमा पनि देश व्यापी रुपमा सामाजिक कार्यहरु गरिँदै आएको बताए ।

उनले आर्थिक समस्याबाट पिडित परिवारका सदस्यहरु आर्थिक अवस्थाकै कारण उपचारसेवा लिनबाट बञ्चितहुँदै आउनुपरेको बताउँदै गाउँमै निशुल्क उपचारसेवा गराउन लमयन्स क्लबले दुरदराजका क्षेत्रहरुमा पनि पुगेर स्वास्थ्य शिविरहरु आयोजना गर्दै आएको बताए । उनले क्यानसर समाजका लागि जटिल र महंगो रोग भएकाले त्यसबाट बच्च कार्यक्रममा सिकेका कुरा अभिभावकहरुलाई जानकारी गराउन आग्रह गरे ।

सो अवसरमा गोग्राह उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद सिटौलाले निरन्तर सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ विराटनगर एलिटले रोगबारे विद्यार्थी सचेत हुनुनै सिंगो परिवार र समाज सचेत हुने दावी गरे । कार्यक्रममा लायन्स क्लब अफ विराटनगर एलिटकि अध्यक्ष सोविका पाण्डेले कार्यक्रमा सहभागि विद्यार्थीलाई क्यानसर रागका विषयमा घरमा गएर अभिभावकहरुलाई जानकारी गराउन आग्रह गरिन् ।

सो कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सो क्लबकी उपाध्यक्ष अनुराधा थापा, सचिव प्रेरणा जोशी, कोषाध्यक्ष मोना गायल, निर्देशक सर्वजीतराज पाण्डे, सदस्य शान्ति सुवेदीलगायतको उपस्थिती रहेको थियो ।

लायन्स क्लब अफ विराटनगर एलिटले नियमित सामाजिक कार्यहरु गर्दै आएको छ । यस अघि सो क्लबले मोरङको रंगेली स्थित आदर्श आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षि सामाग्री वितरण, मोरङको धनपालथान गाउँपालिका स्थित संकटमोचन हुमान मन्दीर र हंसवाहिनि आधारभुत विद्यालयमा बृक्षारोपण गरेको थियो ।

Featured