खेलकुद विदेश

इङ्लिस क्लब एभर्टन इएफएल कप फुटबलको अघिल्लो चरणमा प्रवेश

काठमाडौं, एजेन्सी, भदौ १२-इङ्लिस क्लब एभर्टन इएफएल कप फुटबलको अघिल्लो चरणमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा एभर्टनले फ्रेन्च लिग वान क्लब लिन्कन सिटीलाई ४–२ गोलले हरायो। एभर्टनको जितमा लुकास डिग्ने, गिल्फी सिगुर्डसन, एलेक्स इओवी र रिचार्लीसनले गोल गरेका थिए। घरेलु टोली लिन्कनका लागि ह्यारी एन्डरसन र ब्रुनो एन्डराडेले गोल गरे।

खेलमा सुरुवाती अग्रता लिन्कनले लिएको थियो। खेलको पहिलो मिनेटमै ह्यारी एन्डरसनले गोल गरेका थिए। ३६औं मिनेटमा एभर्टनका लुकास डिग्नेले बराबरी गोल फर्काए। ५९औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई अगाडी बढाए। ७०औं मिनेटमा ब्रुनोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। त्यसपछि जोसिएको एभर्टनका लागि ८१औं मिनेटमा एलेक्स इओवी र ८८औं मिनेटमा रिचार्लीसनले गोल गर्दै सहज जित दिलाए।

Featured