देश

अब पर्यटनसम्बन्धी काम प्रदेशमै

काठमाडौं, भदौ ११–नेपाल सरकारले पर्यटनसम्बन्धी महत्वपूर्ण सेवाहरू प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । असोज १ गतेबाट पर्यटन सेवा उद्योगसम्बन्धी प्रायः सबै काम प्रदेशबाट हुने व्यवस्था गरिएको हो ।

पर्यटन विभागका अनुसार अब ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सीर्, याफ्टिङ एजेन्सी, पर्यटक स्तरीय होटल, होमस्टेलगायतका पर्यटन सेवासँग सम्बन्धित व्यवसायको इजाजतपत्र जारी गर्ने तथा नवीकरण गर्ने काम प्रदेशहरूका पर्यटन, वन तथा वातावरण मन्त्रालयबाटै हुनेछ ।

पर्यटक यातायात सेवा, टुर गाइड, ट्रेकिङ गाइड, ट्रेकिङ पार्टर गाइड, रिभर गाइडलगायतका पर्यटनसँग सम्बन्धित पेशागत सेवाहरूको अनुमतिपत्र दिने र नवीकरण गर्ने काम प्रदेश पर्यटन मन्त्रालयले दिने गरि अधिकार हस्तान्तरण गरिएको जनाइएको छ ।

विभागका अनुसार ३६१ पर्यटकस्तरीय होटल, ९२ होमस्टे, ३ हजार २६२ ट्राभल एजेन्सी, २ हजार ४१७ ट्रेकिङ एजेन्सी र ८र्५ याफ्टिङ एजेन्सीको अभिलेख सातै वटा प्रदेश तहमा हस्तान्तरण गरिसकिएको छ ।

विभागको अभिलेखअनुसार देशभरिमा हाल २ हजार ७०१ टुरिष्ट गाइड, १२ हजार ९८१ ट्रेकिङ गाइट, १७२ ट्रेकिङ पोर्टर गाइड र २१४ रिभर गाइडले अनुमति लिएर पर्यटकलाई सेवा प्रदान गरिरहेका छन् भने ७९ वटा पर्यटन यातायात सेवा दर्ता छन् ।

पर्यटन विभागले आफूमातहतको झापाको काँकडभिट्टा, सोलुखुम्बुको नाम्चे, धनुषाको जनकपुर, पर्साको वीरगन्ज, रुपन्देहीका भैरहवा, कास्कीको पोखरा र बाँकेको कोहलपुरमा रहेका पर्यटन कार्यालयहरूले सम्बन्धित प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रालयमा हस्तान्तरण गरिसकिएको जानकारी दिएको छ ।

Featured