देश

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिन सक्दैनौं : नेपाल वायुसेवा संघ

काठमाडौं, भदौ ११–७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने सरकारको घोषणालाई मान्न नसकिने भन्दै एयरलाइन्सहरूको छाता संगठनले सरकारलाई पत्राचार गरेको छ ।

नेपाल वायुसेवा सञ्चालक संघले अहिले छुट दिन सक्ने अवस्था नरहेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको हो ।विद्यमान कानुन, नियम तथा एयरलाइन्सहरुको अवस्थाले भाडामा कुनै खालको छुट दिन सकिने वा गर्नुपर्ने अवस्था नरहेको संघको भनाइ छ । कानुनले पनि सरकारको घोषणा कार्यान्वयन गर्न आफूहरुलाई बाध्य नपार्ने तर्क संघले गरेको छ ।