विदेश

पाकिस्तानले आफ्नो भूभाग अतिक्रमण गरेको भन्दै संयुक्त राष्ट्र सघंलाई अफगानिस्तानको पत्र

काठमाडौं, एजेन्सी, भदौ ११-आफ्नो भूभागमाथि पाकिस्तानले अतिक्रमण गरेको भन्दै अफगानिस्तानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई पत्र लेखेको छ।

संयुक्त राष्ट्र संघका लागि अफगानिस्तानकी राजदुत तथा स्थायी प्रतिनिधि एडेला राजले यस विषयमा परिषदलाई पत्र लेखेकी हुन्। एडेलाले यस सम्बन्धमा कदम चाल्नको लागि अफगानिस्तानलाई आग्रह गरेकी छिन्।

पत्रमा पाकिस्तानले कसरी अफगानिस्तानको भू–भागमाथि अतिक्रमण गरियो पनि उल्लेख गरिएको छ। पत्रमा पाकिस्तानले अफगानीस्तानको पूर्वी क्षेत्रमा बमगोला प्रहार गर्ने, अफगान भूगोलभित्र सैन्य पोष्ट तथा अवरोधको निर्माण गर्ने र अफगान हवाइ क्षेत्रको उलंघन गर्ने कार्य गरेको उल्लेख छ।

पाकिस्तान सैन्य फौजले अगष्ट १९ र २० मा मात्रैे अफगानिस्तानको कुनर प्रान्तको शेल्टर जिल्लामा २ सय वटा रकेट प्रहार गरिएको सुरक्षा परिषदलाई अवगत गराएको छ।

आक्रमणले आवासीय धनमाल र स्थानीय जनसंख्या विस्थापन भएको अफगानिस्तानले बताएको छ।

यसबारे पाकिस्तानलाई द्विपक्षीय र अन्य माध्यबाट अफगानिस्तानले कयैन पटक जानकारी गराइएको तर त्यसका बावजुद पाकिस्तानी सेनाले अतिक्रमणलाई निरन्तरता दिएको आरोप लगाइएको छ।

अफगानिस्तानको सरकारले सोही पत्रमार्फत सुरक्षा परिषदलाई उलंघनको अन्त्य गराउन आवश्यक कदम उठाउन आग्रह गरेको छ। अगस्ट २२ को मितीमा लेखिएको पत्रमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदकी अध्यक्ष जोयना रोनेक्कालाई बोधार्थ गराइएको छ।

Featured