देश

फास्ट ट्रयाक निर्माण तीव्र गतिमा : नेपाली सेना

काठमाडौं, भदौ ११–नेपाली सेनाले द्रुत मार्गको काम साढे तीन वर्ष्भित्र सम्पन्न गर्ने भएको छ । यद्यपि, द्रुतमार्गको लागत बढ्ने जनाइएको छ । प्रचलित दर रेट र केही डिजाइन परिवर्तन भएकाले लागत बढ्ने देखिएको सेनाको भनाइ छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा सेनाले द्रुत मार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको जानकारी गराएको हो । आयोजनाको कुल लम्बाइ ७२ दशमलव ५ किलोमिटरमध्इे सुरुङमार्ग ६ दशमलव ४१, विभिन्न पुलहरु १० दशमलव ५९ र सडक खण्ड ५५ दशमलव ५ किलोमिटर रहेको छ ।

जसमध्ये २५ दशमलव ४४ किलोमिटर खण्डको सवग्रेड फर्मेसन लेभलसम्मको निर्माण कार्य सकिएको छ । १० दशमलव ९२ किलोमिटर खण्डको प्रगति ८० प्रतिशतभन्दा बढी रहेको छ । १६ दशमलव ०९ किलोमिटर खण्डको प्रगति ५० प्रतिशतदेखि ८० प्रतिशत रहेको बताइएको छ । द्रुत मार्ग निर्माणका क्रममा १ लाख ५१ हजार रुख काटिने अनुमान गरिएको छ ।

Featured