देश

अनाथ बालबालिकाको सहयोगको लागि साङ्गीतिक कार्यक्रम

काठमाडौँ, भदौ ११–नेपालको अनाथ बालबालिकाको सहयोगको लागि युरोपमा साङ्गीतिक कार्यक्रमको आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना ललितपुरमा रहेको सुन्दर र शान्त बाल कल्याणकारी संस्था ले गर्न लागेको हो।

यस कमर्यक्रमको नाम ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९’ दिइएको छ। उक्त साङ्गीतिक कार्यक्रम अब आउने असोज २७ गते देखी कार्तिक ७ गते सम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा हुने भएको छ।

असहाय बालबालिकाहरूको आधारभूत आवश्यकता पुरा गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गर्न लागेको आयोजकले बताएको छ। उक्त्त कार्यक्रममा नायिका वर्षा रावत,गायिका तृष्णा गुरुङ र गायक सुगम पोखरेल पनि सहभागि हुनेछन्।

Featured