देश

माछापुच्छ्रे बैंकका १३ नयाँ शाखाको औपचारिक उद्घाटन

काठमाडौँ, भदौ ११–माछापुच्छ्रे बैंकले प्रदेश १ र २ का विभिन्न जिल्लामा १३ वटा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बैंकले प्रदेश २ मा बाराको सिमरा, कलैया र निजगढ, सर्लाहीको हरिवन, मलंगवा र लालबन्दी, धनुषाको ढल्केबर, सिरहाको गोलबजार र सप्तरीको कञ्चनपुरमा शाखा खोलेका छ । त्यस्तै, प्रदेश १ मा झापाको सुरुंगा, मोरङको उर्लाबारी, उदयपुरको गाईघाट र ताप्लेजुङको ताप्लेजुङ बजारमा शाखा स्थापना गरेको बैंकले जनाएको छ ।

शाखा कार्यालयहरुको सम्बन्धित स्थानीय जनप्रतिनिधि तथा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका छन् । यससँगै देशभर बैंकका शाखा संख्या १३६ पुगेका छन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ(नयाँ स्थानमा सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखामार्फत कर्जा, निक्षेपलगायतका सम्पूर्ण बैंकिङ सुविधा र २४सै घण्टा एटीएम सेवा उपलब्ध गराउने बैंकले जनाएको छ । देशभरका सातै प्रदेशमा बैंकले १३६ शाखा कार्यालय, १२१ शाखारहित बैंकिङ सेवा र १५७ एटीएमबाट बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

Featured