देश

पोखरा विमानस्थल तोकिएको भन्दा ६ महिनाअघि तयार भए रथ यात्रा : मन्त्री भट्टराई

पोखरा, भदौ ११–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पोखरा विमानस्थलको निर्माण निर्धा्रित मितिभन्दा ६ महिनाअघि सके निर्माण कम्पनीलाई रथ यात्रा गराउने बताएका छन् ।

विमानस्थलको अवलोकन गर्न बुधबार पोखरा पुगेका मन्त्री भट्टराईले निर्माण कम्पनीले निर्धा्रित मितिभन्दा अघि काम सके रथ यात्रा गराउने घोषणा गरेका हुन् । भट्टराईले विमानस्थल निर्माण भएपछि गण्डकी प्रदेश र क्षेत्रकै पर्यटनको विकासमा टेवा पुग्ने बताए ।

पोखरा विमानस्थल २०२१ जुलाइ १० भित्र सक्ने गरि चिनियाँ कम्पनी सीएमसीले करिब २२ अर्ब रुपैयाँमा निर्माणको जिम्मा लिएको हो । हालसम्म करिब ४५ प्रतिशत काम पूरा भएको कम्पनीका जनसम्पर्क अधिकृत कृष्णप्रसाद चापागाईंले जानकारी दिए ।