देश

चार अर्ब तिरेर एनसेलको अनुमति पत्र नवीकरण

काठमाडौं, भदौ ११-नवीकरण शुल्क तिर्नु पर्ने बापतको २० अर्ब रुपैयाँ ५ किस्तामा तिर्ने गरि नेपाल दूरसञ्चार प्राधिकरणले दूसञ्चार सेवा प्रदायक एनसेलको अनुमति पत्र नवीकरण गर्ने निर्णय गरेको छ।

प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिको बैठकले ५ वर्षका लागि एनसेलको अनुमति पत्र नवीरकण गर्ने निर्णय गरेको प्रवक्ता मीनप्रसाद अर्यालयले जानकारी दिए।

एनसेलले पहिलो किस्ताबापत चार अर्ब रकम प्राधिकरणलाई बुझाइसकेको छ। एनसेलले पाएको मोबाइल सेवाको अनुमतिको यो दोस्रो नवीकरण हो। एनसेलको नबीकरणको म्याद आउने आइतबार सकिँदै छ।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

Featured