देश

यस्तो छ आजको सुनको चाँदीको मूल्य

काठमाडौं, भदौ ११–नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। मंगलबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

यस्तै तेजावी सुन पनि मंगलबारको मूल्यमा नै अर्थात ७२ हजार ३०० मा कारोबार भएको छ। चाँदीको मूल्य भने महँगिएको छ। मंगलबार तोलामा ८६० मा कारोबार भएको चाँदीको मूल्य बुधबार रु २० बढेर ८८० मा कारोबार भएको हो।