NRNA खबर

एनआरएनए चीनको अध्यक्षमा प्रदीप न्यौपाने निर्विरोध

काठमाडौं, भदौ १०–गैरआवासीय नेपाली संघ (एनआरएनए ) चीनमा आगामी (२०१९-०२१ ) कार्यकालको लागि प्रदीप न्यौपाने अध्यक्षमा निर्विरोध निर्वा्चित भएका छन् । आइसिसी सदस्यमा भने नवीन विक निर्विरोध चुनिएका छन् ।

त्यस्तै, उपाध्यक्षमा सुशील बेल्वासे, खुस्बु अग्रवाल, महासचिवमा यमबहादुर क्षेत्री, सचिवमा तीर्थ पौड्याल र मुकेश श्रेष्ठ, कोषाध्यक्षमा रञ्जीता आचार्य, सहकोषाध्यक्षमा बलराम लामा, महिला संयोजकमा सविता बर्तौला, युवा संयोजकमा सुरज न्यौपाने निर्विरोध निर्वा्चित भएका छन् ।

यस्तै, कार्यसमिति सदस्यहरुमा तुलसी न्यौपाने, सन्दीप खनाल, यादव अर्याल, विजयकुमार श्रेष्ठ, विशाल श्रेष्ठ, मोहनप्रसाद मैनाली, नवराज तिमल्सिना, प्रदीप सिंह र मिर्जा रसिद वेग निर्विरोध चुनिएका छन् ।

निर्वाचन कमिटीमा मित्रलाल सापकोटा निर्वाचन आयुक्तमा नियुक्त भएका थिए । निर्वाचन सदस्यमा सुदेशकुमार झा, रोहीत अग्रवाल, प्रकाश चन्द्र खरेल, धर्मदत्त ज्ञवाली र निर्वाचन पर्यवेक्षकमा अमृता थापा (कञ्चन ) र राजकुमार जम्मकट्टेल थिए ।

Featured