देश

पत्रकार महासंघ निर्वाचनः प्रदेश १ मा युनियन–सेन्टर गठबन्धनको प्यानलै विजयी

नेपाल पत्रकार महासंघ प्रदेश- १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाल (माधव समूह) र क्रान्तिकारी पत्रकार महासंघबीचको गठबन्धनका घिमिरे नेतृत्वको प्यानल विजयी भएको हो ।

प्रेस चौतारी नेपाल (ओली समूह)बाट उम्मेदवार बनेका मोहनकाजी न्यौपानेलाई १९६ मत अन्तरले पराजीत गर्दै घिमिरे विजयी भए । घिमिरेले सत सय ९३ मत प्राप्त गरे भने उनका प्रत्यासी उम्मेदवार न्यौपानेले पाँच सय ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा सोही प्यानलका लवदेव ढुङ्गाना निर्वाचित भएका छन् । उनले आठ सय १० मत प्राप्त गरे । उपाध्यक्षका प्रत्यासी उम्मेदवार रोहित राईले पाँच सय ९७ मत प्राप्त गरे ।

महिला उपाध्यक्षमा हिमदेवी चेम्जोङ निर्वाचित भएकी छन् । उनले आठ सय ३६ मत प्राप्त गर्दा उनको निकटतम् प्रतिस्पर्धी कोकिला ढकालले पाँच सय ७८ मत प्राप्त गरिन् । महासचिवमा विवेक गौतम आठ सय १९ मत ल्याउँदै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी फिफराज वेघाले पाँच सय ६२ मत प्राप्त गरेका छन् ।

सचिवमा देवेन्द्र कार्की आठ सय ६२ मतका साथ निर्वाचित भए भने उनका प्रतिष्पर्धी अविजाल विष्ठले पाँच सय १३ मत प्राप्त गरेका छन् । समावेशी सहसचिवमा सन्तोष यादव सात सय ६१ मत प्राप्त गर्दै विजयी बने भने उनका निकटतम् प्रतिष्पर्धी सन्तवीर लामाले छ सय २६ मत प्राप्त गरे । कोषाध्यक्षमा झापाका विमल लामिछाने निर्वाचित भएका छन् । उनले आठ सय ६ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी सन्तोष रुचालले पाँच सय ७२ मत प्राप्त गरे ।

त्यस्तै, सदस्य पदमा झापाका सुरेन्द्र भण्डारी ८२९, लीलाराज झापाली ८१७, ध्रुव भट्टराई ८०४, तोयानाथ भट्टराई ७३९ र गोपालप्रसाद पोखरेलले ७२५ मत प्राप्त गर्दै विजयी भएका छन् । महिला सदस्यमा विनु तिम्सिनाले ८३८, माला पालुङ्वाले ७९० र सुशीला पाठकले ८४२ मत प्राप्त गर्दै विजयी बनेका छन् ।

त्यस्तै, दलित सदस्यमा पीबी दियाली ८२४ मतका साथ निर्वाचित भएका छन् । जनजाति सदस्यमा विष्णु सुब्बाले ८३७ , यमकुमार दनुवारले ६७१ मत प्राप्त गर्दै विजयी बने । मधेशी सदस्यमा प्रमोदकुमार यादवले ७९३, व्रम्हदेव यादव ६७० मतका साथ निर्वाचित भए ।अल्पसंख्यक  सदस्यमा लीलाबहादुर सुनुवार ६५५ मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

Featured