देश राजनीति

खनाल-नेपाल समूहले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्ने

नेकपा (एमाले) को खनाल-नेपाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने भएको छ । खनाल-नेपाल समूहको आज बस्ने स्थायी कमिटी बैठकले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्न लागेको हो ।

पार्टी पुनर्गठन अभियानअन्तर्गत तीन महिने कार्यक्रम घोषणा गरेको खनाल-नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ । सो समूहले भातृ संगठन तथा जिल्ला जिल्लामा समानान्तर कमिटी गठन गरिरहेको छ ।

Featured