देश

१९ वर्षमा नभएको काम १ वर्षमा : मन्त्री कार्की

विराटनगर, भदौ १०–प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशमा १९ वर्षमा नभएको काम प्रदेश सरकारले एक वर्ष भित्रमा गरेर देखाएको दावी गरेका छन् । मोरङको रतुवामाई नगरपालिका–२ मा मंगलबार विहान डोरीया प्रहरी चौकीको शिलन्यास कार्यक्रममा सम्बोधन गर्दै मन्त्री कार्कीले १९ वर्ष सम्म १ नं. प्रदेशमा कुनै पनि सरकारले नगरेको काम प्रदेश सरकारले एक वर्ष भित्रमा गरेर देखाएको दावी गरेका हुन् ।

उनले हुलाकी राजमार्ग अन्तर्गत प्रदेशको राजधानी विराटनगरदेखी भद्रपुर सम्मको सडक चालु आर्थिक वर्षदेखीनै सञ्चालनमा ल्याउने बताए । उनले हुलाकी राजमार्ग अन्तर्गत दर्जनाँै खोलाहरुमा पुल नभएका कारण जनताले लामो दुरिको यात्रा गरेर समय र पैसा खर्च गरिरहनुपरेको बताउँदै अब सो अवस्थाको अन्त्य हुने दावी गरे । मन्त्री कार्कीले सो हुलाकी राजमार्ग अन्तर्गत सवै खोलामा पुलका लागि ठेक्का लागि सकेको जानकारी दिँदै यसै वर्षदेखि विराटनगर–भद्रपुर सडक सञ्चालनमा आउने बताएका हुन् ।

उनले भने,‘यो राजमार्गका विभिन्न खोला खोल्साहरुमा पुल नहँदा महेन्द्र राजमार्गबाट भद्रपुर सम्म जानु परिरहेको छ । सवै ठाउँमा पुल भएपछी विराटनगरदेखी भद्रपुर सडक सम्मको दुरि घट्नेछ । ती खोलाका सवै पुलको ठेक्का लागि सकेको छ । अब यसै वर्षदेखी यो बाटो चालुहुन्छ, यसमा प्रदेश सरकारको उच्च प्रथामिकता छ ।’

मन्त्री कार्कीले तीनै तहका सरकारको अधिकार क्षेत्रका विषयमा अलिमलिनु भन्दा देशको विकास मिलेर गर्नुपर्ने बताए । उनले भने,‘हिजो निर्वाचनको समय थियो । कुन झण्डा र कुन पार्टी बाट आइयो होला तर, अब पार्टी भन्दा माथि उठेर मुलुकलाई समृद्धिका दिशामा अघि बढाउनुपर्छ ।’

उनले झापा र मोरङ जोडिने रतुवापारी आफ्नो निर्वााचन क्षेत्र समेत रहेको बताउँदै वर्षेनी सो क्षेत्रका जनता बाढीबाट पिडित बन्दै आउनुपरेको बताउँदै सो समस्या समाधानका लागि प्रदेश सरकारको उच्च प्रथामिकतामा रहेको बताए । मन्त्री कार्कीले भने,‘यो क्षेत्र मेरोपनि निर्वाचन क्षेत्रसँग जोडिएको छ । यहाँको समस्या मलाई राम्रोसँग थाहा छ । यसको समाधान प्रदेश सरकारको उच्च प्रथामिकतामा छ ।’

मन्त्री कार्कीले प्रदेश सरकारले जनताको शान्तीसुरक्षाका लागि विराटनगरदेखी भद्रपुर सम्म ३३ वटा प्रहरी चौकीको स्थापना गरेर भवन निर्माणको काम अघि बढा्रएको जानकारी दिए ।

कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले निर्वाचनबाट जस्तोसुकै परिणाम आएपनि सो क्षेत्रको विकासका लागि आफु जनताकै बिचमै रहेको बताउँदै विभिन्न पहलहरु भएको जानकारी दिए । उनले भने,‘हिँजो निर्बाचनका समयमा एक खालको परिणाम आयो । तर, म यहाँको विकासका लागि जहिल्यै तपाइँहरुको साथमा छु । यस क्षेत्रको विकास र समृद्धिकाम लागि मबाट जे हुन सक्छ गरिरहनेछु ।’

उनले आफ्नै पहलमा रतुवामाई र सुनवर्षी नगरपालिकामा विपन्न, भुमीहिन, सुकुम्बासी ऋषिदेव समुदायका लागि करिब साढे ३ सय घर बनिरहेको बताए । उनले रतुवामाई नगरपालिकाको महादेवामा सुकुम्वासी ऋषिदेव समुदायका लागि ३१, झुर्कियामा ३०, सिजुवाको डाँगीटोलमा ३३, गोविन्दपुरमा ७८, सुनवर्षी नगरपालिकाको डायनियाँ, बरडंगा र साविका गोविन्दपुरमा २०० घर निर्माण को कम यसै वर्ष सम्पन्न हुने र त्यसको काम अढि बढिसकेको बताए ।

उनले आफुहरुकै पहलमा झापा मोरङ जोड्न सिजुवा बजारपुर्व रतुवा खोलामा पक्कि पुल निर्माणको काम, झुनाबारी–कोहवरा जोड्न भोलुंगेपुल निर्माण प्रकृया अघि बढेको जानकारी दिए ।

उनले सो क्षेत्रका सिमामा शान्ति सुरक्षाका लागि प्रहरी चौकीहरुका स्तररोन्नती र सुधारका लागि प्रदेश सरकार सँग पहल समेत गर्ने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य शिवनारायण सिंह गन्गाईले विराटनगरदेखी चौकीघाट सम्मका प्रहरी चौकीहरुको अवस्था दयनिय रहेको बताउँदै तिनको सुधारका निम्ती प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरीको सुरक्षाले मात्र जनताको जिउधनको सुरक्षा प्रहरीले गर्न सक्ने बताए । उनले सुविधिा सम्पन्न भवन र सुचना प्रविधिको प्रयोगले मात्र जनतालाई प्रभावकारी सेवा दिन सकिने बताए ।

सो अबसरमा प्रदेश सरकारको १ करोड ३९ लाख रुपैयाँको लागतमा निर्माणहुने डोरीया प्रहरी चौकीको भवन प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री काकीले शिलन्यास गरेका छन् ।


सो अबसरमा रतुवामाई नगरपालिकाका मेयर रवीन राइ, उपमेर दयन्तादेखी चुडाल, मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसी, मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारी, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको समेत उपस्थिती रहेको थियो ।

Featured