देश राजनीति

अनेरास्ववियुमा कारबाहीको डण्डा, खनाल-नेपाल समूहमा लागेका तीन नेता साधारण सदस्यबाटै निष्कासित

नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले तीन नेतालाई कारबारी गरेको छ । अनेरास्ववियुले खनाल-नेपाल समूहमा लागेका तीन नेतालाई संगठनको साधारण सदस्यबाटै निष्कासन गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरद्वारा मंगलबार जारी विज्ञप्तिमा अनेरास्ववियुका निवर्तमान सचिवत्रय सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जनाइएको छ ।

उनिहरूले संगठनको विधान र अनुशासनविपरीत कार्य गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि उनीहरूलाई सुरुमा तीन दिने र त्यसपछि २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । तर स्पष्टिकरणको जवाफ नदिइ संगठनको निर्देशनलाई अटेर गरेको आरोपमा उनीहरूमाथि कारबाही गरिएको जनाइएको छ ।

Featured