देश राजनीति

सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्न खोज्यो : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार निर्माणमा कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका छन् । दावाँली मिलन क्लबको १५औँ वार्षिक साधारणसभा एवं विशेष सम्मानमा शनिबार सिंहले जनताबाट बहुमत प्राप्त वर्तमान सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्न खोजेको बताए ।

नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनुपरेको उल्लेख गर्दै उनले पाँच वर्षका लागि जनताबाट म्यान्डेड पाएको कम्युनिस्ट सरकारले तीन वर्षसम्म पनि काम गर्न नसकेको बताए ।

संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको भन्दै संविधान कार्यान्वयनका लागि जनताले कांग्रेसलाई खोजेको उनको भनाइ थियो । कांग्रेसका पूर्वमहामन्त्री सिंहले राजनीतिक क्षेत्र सेवाको क्षेत्र रहेकाले राजनीतिक नेतृत्वकर्तामा सेवाको भावना हुनु जरुरी रहेको उल्लेख गरे । सरकार सङ्घीयताभन्दा केन्द्रीकृत शासन व्यवस्था सञ्चालन गर्न लागेको उनको आरोप थियो ।

Featured