विदेश

ताइवान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो

ताइवानमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त रेलका इन्जिनियर, सबइन्जिनिर, प्रान्सका नागरिकसहित, ४९ ताइवानका नागरिकको ज्यान गएको ताइवानन्युजले जनाएको छ । घटनामा अन्य १४६ जना घाइते भएका छन् । उनीहरूको उपचार जारी रहेको समाचारमा जनाइएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान करिब साढे नौ बजे सो दुर्घटना भएको हो । ताइवानमा सुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरी रहेको अधिकारीहरूले बताएका छन् ।

Featured