खेलकुद देश

मुख्यमन्त्री राईले गरे विराटनगर सिटी फुटबल क्लबको उद्घाटन

विराटनगर, १३ चैत । मुख्यमन्त्री शेरधन राईले विराटनगर सिटी फुटबल क्लबको उद्घाटन गरेका छन् । विराटनगर सिटी फुटबल क्लब आसन्न नेपाल सुपर लिगमा प्रदेश १ को प्रतिनिधित्व गर्दै छ । गत हप्ता सम्पन्न अक्सनमा विराटनगरले १४ खेलाडी पाएको थियो । टोलीले विदेशी खेलाडी र प्रशिक्षक चाँडै अनुबन्ध गर्दै छ ।

क्लबका अध्यक्ष अनुप रञ्जन भट्टराईका अनुसार विराटनगर सिटी फुटबल क्लबको मुख्यालय विराटनगरमानै स्थापना हनेछ । उद्घाटन समारोहमा बोल्दै भट्टराईले बताउनु भयो विराटनगर र प्रदेश १ मा फुटबल प्रतिको मोह निकै गहिरो रहेको र यस प्रदेशमा फुटबलको विकासनै आफुहरुको मुख्य लक्ष्य रहेको बताए ।

प्रमुख कार्यकरी अधिकृत सुभाशिश कोइरालाका अनुसार टोलीमा नेपालका प्रख्यात र उदाउदै गरेका खेलाडीहरु रहनछेन् भने के हि अनुभवि विदेशी खेलाडीहरु समेत समावेश गरिने छन् । यसैगरि , टोलीले नेपाल सुपर लिग प्रारम्भ हनु अगाडी विराटनगरमा नै प्रशिक्षण गर्ने भएको छ जसमा विराटनगरका युवा खेलाडीहरुलाई समेत समावेश गरिनेछ।

क्लब व्यवस्थापनले विराटनगर र समस्त प्रदेश १ लाई नै प्रतिनिधित्व गर्ने विराटनगर सिटी फुटबल क्लबलाई साथ दिन सबै प्रदेश १ बासी हरुलाई अनुरोध पनि गरेको छ।

टोलीले अक्सनबाट प्राप्त गरेका खेलाडी हरुः अशोक थापा, किशोर गिरी, बिक्रम धिमाल, सरोज दाहाल, सुनिल बल, सुरज जिउ ठकुरी, विजय धिमाल, सुर्य अधिकारी, सन्तोष तामाङ, हेम तामाङ, सुशील लामा, सुनिल खड्का, दिपक राई, निरकुमार राई रहेको जनाइएको छ ।

Featured