देश

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मकवानपुर, भदौ १०-मकवानपुरकी एक २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-१ कुविनटार बस्ने ४२ वर्षीय बिक्रम ब्लोन रहेको प्रहरीले जनाएको छ।

ब्लोनले ती महिलालाई गत शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।