विदेश

म्यानमारमा रिहा भए ६ सयभन्दा बढी प्रदर्शनकारी

TOPSHOT - Protesters react after police fired tear gas during a demonstration against the military coup in Mandalay on March 3, 2021. (Photo by STR / AFP) (Photo by STR/AFP via Getty Images)

म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सयभन्दा मानिसलाई बुधबार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् ।

‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौँ,’ कारागारका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा एएफपीलाई बताएका हुन् ।

म्यानमारमा सैनिक ‘कू’ सुरु भएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ । यद्यपि जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । सो प्रदर्शन क्रममा २८ सयभन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ ।

Featured