मनोरंजन विदेश

अमिताभको घोषणाः मेरो निधनपछि मेरो नाममा रहेको सम्पति छोराछोरीलाई बराबरी भाग लाग्छ

मुम्बई, एजेन्सी, भदौ १०-भारतीय मेघास्टार तथा बिग बी अमिताभ बच्चन बलिउडमा सर्वाधिक कमाइ गर्ने अभिनेता मध्येमा एक पर्दछन्। यस्तोमा उनको निधनपछि उनको सम्पतीलाई उनले के गर्नेछन् भन्नेमा पनि धेरैको चासो छ।

उनले आफ्नो सम्पति आफ्ना एकमात्र छोरा अभिषेक बच्चनले नपाउने घोषणा गरेका छन्। संमग्र भारतलाई संदेश दिनका लागि उनले यस्तो गर्न लागेका हुन्। हालै उनले आफूले चलाउँदै आएको एक टेलिभिजन कार्यक्रममा आएका पाहुना समक्ष यस्तो बताएका हुन्।

‘म नरहेपछि धेरै थोरै जे सम्पति छ, त्यो मेरो संतानको हुनेछ। मेरा एक छोरा र एक छोरी छन्। यो दुबैलाई बराबरी बाँडिनेछ’, अमिताभले भने।

यस अनुसार अमिताभले आफूले कमाएको सम्पति आफ्ना छोरा अभिषेकसँगै छोरी स्वेता नन्दालाई पनि दिनेछन्। अमिताभले यस्तो निर्णय गर्दै छोराछोरीलाई बराबरी गर्नुपर्ने संदेश दिन खोजेका छन्। धेरैले अमिताभको यस कदमको स्वागत र प्रशंसा गरेका छन्।

Featured