देश

आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

काठमाण्डौ, भदौ १०-आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५४ पैसा तोकेको छ। त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा तोकेको छ।

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८१ पैसा छ। भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा पुगेको छ। मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ४९ पैसा छ। यस्तै बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३०६ रुपैया ३९ पैसा रहेको छ।

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा तोकेको छ। मंगलबार कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८० रुपैयाँ २५ पैसा रहेको छ।