देश साहित्य

क्षितिजपारी र अन्तर्मनको सुसेली सार्वजनिक

कवि तथा गीतकार डीपी ढकाल ‘परिश्रमी’को पुस्तक ‘अन्तर्मनको सुसेली’ र म्युजिक भिडियो ‘क्षितिजपारी’ सार्वजनिक भएको छ ।

काठमाडौंमा भएको एक कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी तथा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले दाहालका पुस्तक र म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

क्षितिजपारीमा रहेको ‘क्षितिजपारी…’ बोलको गीतमा प्रताप दास र रचना रिमालको स्वर रहेको छ । त्यस्तै पुरुषेत्तम न्यौपानेले संगीत भरेको गीतको रचना दाहालले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशन छ । ज्ञानेन्द्र हुमागाईं शर्माले खिचेको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ, अशु न्योपानेको अभिनय देख्न पाइन्छ । म्युजिक भिडियो डिलाइटेड युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

पुस्तक र म्युजिक भिडियो सार्वजनिक गर्दै शताब्दी पुरुष जोशीले दाहाल लगायत टिमलाई बधाई दिए । उनले कलाकारहरुको अभिनयले भिडियोलाई जीवन्त बनाएको उल्लेख गरे । जोशीले दाहालको पुस्तक अन्तर्मनको सुसेलीको पनि तारिफ गरेका थिए ।बास्कोटाले पनि क्षितिजपारीको म्युजिक भिडियो आफूलाई राम्रो लागेको प्रतिक्रिया दिए । उनले त्यसका लागि कलाकारलगायत निर्माण पक्षलाई बधाई दिएका थिए । आफू अरु थुप्रै पेशा व्यवसायमा संलग्न भए पनि संगीतले आफूलाई जगाइरहेको र बाचइरहेको बताएका छन् ।

Featured