देश

आज केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना छ ।

नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिँदै महाशाखाले हाल पहाडी भू-भागमा बदली रहेको उल्लेख गरेको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बाग्मती र प्रदेश १ का केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

मंगलबार गण्डकी, बाग्मती र प्रदेश १ का पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ । त्यस्तै बुधबार पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

Featured