नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि निर्वाचन आयोगमा सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले र गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र दर्ता भएका थिए ।
ती दुई पार्टीले आआफ्ना गतिविधि पनि गरिरहेका थिए । निर्वाचन आयोगको दर्ता नम्बर १२५ मा नेकपा माओवादी केन्द्र र १३२ नम्बरमा नेकपा एमाले दर्ता भएका थिए ।
०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्र एकीकरण भएका थिए । त्यो एकीकरणपछि तिवारी र किराँतीले साविक दलकै नाममा नयाँ दल दर्ता गराएका थिए ।
त्यसैले, सर्वोच्च अदालतले नेकपा एकीकरणलाई अमान्य फैसला गरेकाले त्योबीचमा दर्ता भएका एमाले र माओवादी केन्द्रको नाममा पछि दर्ता भएका दलहरुको दर्ता स्वतः खारेज हुनेछन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीका अनुसार सत्तारुढ नेकपाको नामको विवादमा फैसला आएपछि पूर्वएमाले र पूर्वमाओवादी केन्द्र नै ब्यूँतिने भएपछि पछि दर्ता हुन आएका दलको दर्ता स्वतः खारेजी हुन्छ । तिवारी र किराँतीले नयाँ दल दर्ता गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस