देश

विराटनगरमा पनि आजदेखि ६५ वर्षमाथिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै

विराटनगर, २३ फागुन । सरकारले आजदेखि सुरु गरेको कोरोना भाइरस (कोभिड– १९) विरुद्धको दोस्रो चरणको खोप अभियान विराटनगर महानगरालिकामा पनि सुरु भएको छ ।

आजदेखि सुरु हुने खोप अभियानमा ६५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाइने विराटनगर महानगरले जनाएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान सुरु भएको हो ।

Featured