देश राजनीति

प्रतिनिधिसभामा नेकपाका दुवै समूह सत्तापक्षकै सिटमा बस्ने

संसद सचिवालयले प्रतिनिधिसभामा नेकपाका दुवै समूह सत्तापक्षमै रहने जनाएको छ । पार्टी विभाजनको औपचारिक पत्र नआएकाले नेकपाका दुवै समूह सतपक्षकै रुपमा रहने प्रष्ट पारेको हो ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आइतबार आयोजित पत्रकार सम्मेलनमा अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । उनले सांसदहरु बस्ने सिट मिलाउँदा नेकपाका दुवै समूहलाई सत्तापक्षकै लहरमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

नेकपा विवाद उत्कर्षमा पुगे पनि सो पार्टी आधिकारिक रुपमा विभाजित भइसकेको छैन । निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवादका सम्बन्धमा निर्णय गरिसकेको छैन ।

यद्यपी नेकपाका दुवै समूहले संसदीय दलको नेता तथा सभामुख चयन गरिसकेका छन् । प्रचण्ड–माधव समूहले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । त्यस्तै ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक नियुक्त गरेको छ ।

Featured