देश

काठमाडौंबाट चोरेर अमेरिका पुर्‍याइएको बहुमूल्य मूर्ति नेपाललाई फिर्ता

सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएर गत वर्ष अमेरिकामा फेला परेका एक बहुमूल्य मुर्ति अमेरिकी सरकारले नेपाललाई हस्तातन्तरण गरेको छ ।

नेपालबाट चोरिएको वसुदेव-कमलाजाको मूर्ति अमेरिकाले एक कार्यक्रमका बीच अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको हो ।

उक्त मूर्तिलाई १९९० देखि अमेरिकाको ड्यालस म्युजियम अफ आर्ट्समा राखिएको थियो । नेपालको मध्यकालीन समयमा बनेको भनिएको मूर्ति ३३.५ इन्च उचाइ र १९.२५ इन्च चौडाइको छ ।

दूतावासले युनेस्कोको आवश्यक प्रक्रिया पूरा गरेर सो मूर्ति नेपाल ल्याइने जनाएको छ ।   सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको थियो ।

कमलको फूलमा उभिएको उक्त मूर्तिले दुई भगवानको प्रतिनिधित्व गर्छ । मूर्तिको दायाँ भागले भगवान् विष्णु (नारायण) को प्रतिनिधित्व गर्छ भने र बायाँ भागमा बैकुण्ठ कमलाजा (विष्णुको श्रीमती) को प्रतिनिधित्व गर्छ । १५औं शताब्दीमा बनेको उक्त मूर्ति १९८४ मा चोरी भएको बाङ्देलले उल्लेख गरेका छन् ।

उक्त मूर्ति नेपालबाट चोरी भएका अनेकौं कलाकृतिमध्येको एक हो । नेपालबाट चोरी भएका यस्ता कलाकृतिलाई पश्चिमी मुलुकका संग्रहालय तथा लिलामीकर्ताले बहुमूल्य संग्रहका रुपमा प्रस्तुत गर्ने गरेका छन् ।नेपाल सरकार तथा अन्य सरोकारवाला निकायले चोरिएका कलाकृति  फिर्ता ल्याउन लामो समयदेखि अभियान चलाइरहेका थिए ।

Featured