देश राजनीति

प्रधानमन्त्री ओलीले भने- हामीले कसैलाई प्रधानमन्त्रीको अफर गरेका छैनौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनुचित रुपमा कसैलाई प्रधानमन्त्रीको अफर नगरेको बताएका हुन् ।

‘हामीले कसैलाई अनुaचित ढंगबाट प्रधानमन्त्रीको अफर गरेका छैनौं र गर्न पनि गर्दैनौं,’ उनले भने, ‘तर केही मान्छेहरुले भ्रम छर्न खोजिरहेका छन् ।’ प्रधानमन्त्री ओलीले केही मान्छेहरु प्रधानमन्त्री बनिदिनुस् भन्दै किस्तीमा बोकेर हिँडेको देख्दा आफूलाई अचम्म लागिरहेको बताए ।

‘उहाँहरुको गतिविधि देखेर मलाई कहिलेकाहीँ अचम्म पनि लाग्छ । दुई तिहाइ मत भत्काएर प्रधानमन्त्रीलाई जसरी पनि हटाएर अरुलाई प्रधानमन्त्री बनिदिनुस् भन्दै किस्तीमा राखेर बिन्ती गरिराख्नुभएको छ,’ उनले भने ।

Featured