देश राजनीति

दुई वर्षपछि नवलपरासीबाट सार्वजनिक भए विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव दुई वर्षपछि सार्वजनिक भएका छन् । सरकारसँग बिहीबार भएको तीनबुँदे सहमतिपछि विप्लव शुक्रबार नवलपरासीबाट सार्वजनिक भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनले राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यही कार्यक्रममा सरकारसँग भएको तीनबुँदे सहमतिपत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले हस्ताक्षर गर्नेछन् ।

हस्ताक्षरपछि शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्नेछन् । काठमाडौं आउन लागेका विप्लवलाई नवलपरासीका पार्टी कार्यकर्ता र सहिद परिवारले स्वागत गरेका थिए ।

हिंसात्मक गतिविधि बढाउँदै गएपछि सरकारले २८ फागुन २०७५ मा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो । विप्लव  सरकारले प्रतिबन्ध लगाउनुभन्दा केही समयअघि नै भूमिगत भएका थिए ।

Featured