देश राजनीति

ओली र विप्लवले आज दिउँसो एउटै मञ्चबाट सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली तथा नेत्रविक्रम चन्द ‘विप्लव’ले आज (शुक्रबार) एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।ओली र विप्लवले आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् । सोही सम्बोधनका क्रममा सरकार र विप्लव समूहबीच बिहीबार भएको तीन बुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक हुने जनाइएको छ ।

बिहीबार सरकार र विप्लव समूहले गठन गरेको वार्ताटोलीबीच तीन बुँदे सहमति भएको थियो । त्यसपछि बसेको मन्त्रिपरिषद्ले सो सहमतिलाई अनुमोदन गर्दे विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाएको थियो ।

सहमतिअनुसार प्रहरीले पक्राउ गरेका विप्लव समूहका कार्यकर्तालाई सरकारले रिहा गर्ने प्रक्रिया सुरु गरेको छ । दुई वर्षअघि विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसपछि सो समूहका नेताहरु भूमिगत भएका थिए ।

Featured