खेलकुद विदेश

इन्टरको सुखद सुरुवात

काठमाडौं, एजेन्सी, भदौ १०-इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा सुखद सुरुवात गरेको छ। घरेलु मैदानमा सोामबार राति भएको खेलमा इन्टर मिलानले लिसलाई ४–० गोलले हरायो।

सिजनको पहिलो खेलसँगै इन्टरमा डेब्यु गरेका स्टार स्ट्राईकर रोमेलु लुकाकु र प्रशिक्षक एन्टोनियो कोन्टेका लागि पनि पहिलो खेल सुखद बन्यो। लुकाकु यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर पुगेका हुन्। लुकाकुले डेब्यु खेलमै गोल पनि गरे। कोन्टे पनि यसै सिजन चेल्सी छाडेर इन्टरको प्रशिक्षक बनेका हुन्।

एकपक्षीय खेलमा इन्टर मिलानले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो । इन्टरका मार्सेलो ब्रोजोभिकले २१औं मिनेटमा खाता खोले। २४औं मिनेटमा स्टेफानो सेन्सीले गोलगर्दै इन्टरको अग्रता दोब्बर बनाए। ६०औं मिनेटमा रोमेलु लुकाकुले तेस्रो गोल गरेका थिए। त्यसपछि ८४औं मिनेटमा एन्टोनियो क्यानड्रेभाले गोलगर्दै इन्टरलाई फराकिलो जित दिलाए। सिजनको पहिलो जितसँगै इन्टरले एक अंक बनाएको छ। लिसले हारबाट सिजनको सुरुवात गरेको छ।

Featured