देश राजनीति

आजदेखि सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइँदै

आजदेखि सांसदहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सभामुख अग्निप्रसाद सापकोटासहित सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइने भएको हो । सांसदहरूलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाइने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उनीहरुको निजी सचिवालयमा कार्यरत कर्मचारी तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीका साथै मर्यादापालकलाई पनि खोप लगाइने छ । त्यस्तै संसदीय मामिलाका पत्रकारलाई पनि खोप लगाइने छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरूलाई तीन दिनभित्र खोप लगाइसकिने छ । संसद बैठकमा सहभागी हुनुअघि सांसदहरुले अनिवार्य रुपमा खोप लगाउनुपर्ने संसद सचिवालयले जनाएको छ ।

Featured