देश

सुनवर्षीमा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, २ जना घाईते

विराटागर, १८ फागुन । मोरङ सुनवर्षी नगरपालिका – ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे सुनवर्षी – १ काला बन्जार स्थित डाँस खोलाको बगरमा  माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको छ भने उनि सगै गएका सोही स्थान बस्ने ९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलीया यादव समेत घाईते भई रंगेली अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेली मोरङले जनाएको छ ।

Featured