देश

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभानकाे माथिल्लो बजारमा भीषण आगलागी भएको छ । मंगलबार बिहान ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट अहिलेसम्म झण्डै ४० घर जलेर नष्ट भएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले जानकारी दिए ।

उनका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आगलागी नियन्त्रणमा लिन दमल र सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि डेढ घण्टा टाढा पर्छ

Featured